लीला राई फाउन्डेसनद्वारा बेलबारीका ४० विपन्न परिवारलाई राहत वितरण


बेलबारी, ९ माघ । लीला राई फाउन्डेसनद्वारा बेलबारी नगरपालिका वडा नं. ९ मा विपन्न परिवारलाई राहत वितरण गरेको छ । शुक्रवार फाउन्डेसनले ४० विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

फाउन्डेसनले खाद्यजन्य सामग्री, न्यानो सिरक तथा न्यानो लुगा वितरण गरेको छ । बेलबारी ९ का वडाध्यक्ष नगेन्द्र खड्काद्वारा राहत सामाग्री वितरण गर्दै कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष खड्काले लीला राई फाउन्डेसनलाई धन्यवाद व्यक्त गरेका छन् ।

देशव्यापी रूपमा नै विपन्न परिवारलाई राहत वितरण, घर निर्माण लगायतका सामाजिक कार्यमा फाउन्डेसन सक्रिय रहेको सदस्य मिलन कार्की र प्रेम सापकोटाले बताए ।

https://youtu.be/NzJ_j3pH-dA

प्रतिक्रिया दिनुहोस्