फाइनलमा लालभित्ती र आयोजक भिड्दै : मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता


विजय कार्की – पथरी सनिस्चरे, ९ माघ । पथरी सनिस्चरेमा जारी मंगलबारे शुक्रबारे नकआउट फुटबल प्रतियोगिताको फाइनलमा लालभित्ती फुटबल टिम, बेलबारी र आयोजक टिम मंगलबारे शुक्रबारे फुटबल क्लब भिड्ने भएका छन् । शनिवार हुने फाइनल खेलमा आयोजक टिमसँग लालाभित्ती भिड्ने पक्का भएको हो ।

बुधवारको पहिलो सेमिफाइनल खेलमा लालभित्तीले धरान फुटबल क्लबलाई ३–२ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा आयोजक टिमले थापाचौक मंगलबारे फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै तर्फ बाट १–१ गोलको बराबरी भए पछि ट्राइब्रेकर मार्फत निर्णय भएको थियो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित रु.५१ हजार नगद पुरस्कार र उपविजेताले रु.२५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्