इटहरी उपमहानगरपालिकाद्वारा विपन्न मुसहर समुदायका लागि नौ घर निर्माण सम्पन्न


इटहरी, १० माघ । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।

तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरू निर्माण गरिएको हो । त्यहाँ भित्री बाटोहरू,चिल्डे«न पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ समेत बनाइएको छ प्रमुख द्धारिकलाल चौधरी इटहरी उपमहानगर विपन्न जनताको हितमा गम्भीर रहेको बत्ताउनुभयो ।

जनताको आँगनमा खुसीयाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको बत्ताउनुभयो । वडा नम्बर १६ र १७को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाउँमा ५० घर रहेको नमुना वस्ति निर्माण गरिने योजना छ ।

प्रतिक्रिया दिनुहोस्