सुन्दरहरैचामा “भव्य गजल महफिल–२०७७” सम्पन्न


विजय कार्की – सुन्दरहरैचा, १० पुस । सुन्दरहरैँचामा भव्य गजल महफिल २०७७ सम्पन्न भएको छ । शुक्रवार सुन्दरहरैँचा साइकल राइडर्स ग्रुपका निम्ति नझरेका फुलहरूको २२ औ शृङ्खला सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रदेश सांसद लोकप्रसाद संग्रौलाद्वारा ब्यानर वाचन गरेर भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सङ्ग्रौलाले साहित्य गजल क्षेत्रको विकासको लागि आफू स्वयम तथा प्रदेश सरकारद्वारा सहयोग हुने बताएका छन् ।

कार्यक्रममा लोकप्रिय गायक मेदिनीप्रसाद बराल, मोहनप्रसाद काफ्ले र श्रीकृष्ण लुइँटेल सम्मानित भएका छन् । कार्यक्रम नझरेका फुलहरूका प्रस्तोता केपी घिमिरेले सञ्चालन गरेका थिए । सुन्दरहरैचामा रहेको रेडियो सुसेलीद्वारा नझरेका फुलहरू प्रसारण हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्