बेलबारी ४ र ९ जोड्ने नलबारी बेलागाँउ सडक निर्माण कार्य धमाधम

बेलबारी, १३ माघ । बेलबारी नगरपालिकाको वडा नं. ९ मा नलबारी बेलागाँउ सडक निर्माण कार्य सुरु भएको छ । कोरोनाको कारण रोकिएको कालोपत्रे बाटो निर्माण कार्यले निरन्तरता पाएको हो ।

नलबारी बेलागाँउ सडकको निर्माण उपभोक्ता समितिका अनुसार एक साता भित्र निर्माण कार्य सम्पन्न हुने छ । उपभोक्ता समिति र कामदारसँगै स्थानीयहरू पनि सडक निर्माण कार्यमा खटिरहेका छन् । कच्ची तथा धुले बाटो कालोपत्रे सडकमा विकास हुने भए पछि स्थानीय उत्साहित बनेका छन् । कुल लागतको ४० प्रतिशत स्थानीय र नगरपालिकाको ६० प्रतिशत लगानीमा, साझेदारीमा निर्माण कार्य भइरहेको स्थानीय महानन्द पोखरेल बताउँछन् ।

नलबारी बेलागाँउ सडकको गत आर्थिक वर्ष र यस वर्ष गरी करिब ११ सय मिटर कालोपत्रे निर्माण कार्य सम्पन्न हुने वडाध्यक्ष नगेन्द्र खड्काले बताए । वडाध्यक्ष खड्काका अनुसार नलबारी बेलागाँउ सडक, बेलबारी वडा ४ को सिमसँग जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्