बेलबारी ४ को आधारभूत स्वास्थ्य केन्द्र, कार्यालय भवनको उद्घाटन


बेलबारी, १३ माघ । बेलबारी नगरपालिका वडा ४ को आधारभूत स्वास्थ्य केन्द्र, धरहराको कार्यालय भवनको आज मंगलबार उद्घाटन भएको छ । आज बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा भवनको उद्घाटन भएको हो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सुवेदीले जग्गादातालाई धन्यवाद प्रकट गरेका छन् । भवन निर्माणको लागि बेलबारी ४ निवासी कृष्णप्रसाद दुलालका आमा कृष्णमाया दुलालले पति स्व.गंगाप्रसाद दुलाल र दिदी स्व.पुन्यमाया दुलालको सम्झनामा १ कट्ठा जग्गादान गरेका हुन ।

स्वास्थ्य केन्द्र निर्माण भएसँगै स्थानीयमा खुशी छाएको छ । उक्त स्वास्थ्य केन्द्रमा कार्यालयको भवन उद्घाटनको अवसरमा नै एक दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन भएको छ । स्वास्थ्य शिविरमा अब्स्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरूको ईस्केनिङ रिगंपेशरी तथा भि.आई.ए.जाँच सेवा साथै आँखा जाँच सेवा उपलब्ध गराइएको थियो ।

स्वास्थ्य केन्द्रको उद्घाटनसँगै स्थानीयलाई आधारभूत स्वास्थ्य उपचार सेवा पुग्नेमा विश्वस्त रहेको वडाध्यक्ष राम किराँतीले बताए । बेलबारी ४ मा १५ शय्या को नगर स्तरीय अस्पताल निर्माण कार्यको शिलान्याससँगै टेन्डर प्रक्रियामा अगाडी बढिसकेको वडाध्यक्ष राईले जानकारी दिएका छन् ।

https://youtu.be/HNS0deMLqCo

प्रतिक्रिया दिनुहोस्