बेलबारी ३ द्वारा टोल विकास संस्थालाई इलेक्ट्रिक स्प्रे मेसिन वितरण


बेलबारी, १५ माघ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ ले टोल विकास संस्थाहरूलाई इलेक्ट्रिक स्प्रे मेसिन वितरण गरेको छ । एक कार्यक्रमका बिच टोल विकास संस्थाका प्रतिनिधिहरूलाई वडा नम्बर ३का वडा अध्यक्ष योगेन्द्र सुवेदीले स्प्रे मेसिन हस्तान्तरण गरेका हुन ।

तरकारी, फलफूल तथा मसला वालिको पकेट क्षेत्रका रूपमा विकास गरिरहेको वडा कार्यालयले किसानहरूलाई लक्षित गरेर टोल विकास संस्थालाई इलेक्ट्रिक स्प्रे मेसिन दिएको हो । वडा कार्यालय कागती, सजिउन, च्याउ, खुर्सानी तथा प्याजका बिरुवा समेत वडाका किसानहरूलाई वितरण गरिसकेको वडा अध्यक्ष सुवेदीले बताए ।

यस्तै वडाकै अगुवा किसान कृष्ण राईलाई टनेल तथा स्प्रे मेसिन वितरण गरेको छ । किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्प्रे मेसिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ । व्यक्तिले लगेपछि हराउने बिग्रने डर भएकोले संस्थालाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्