बेलबारी वडा नं. २ मा सम्पन्न ३ मा भोली निःशुल्क स्वास्थ्य शिविर


बेलबारी, १५ माघ । बेलबारी वडा नं. २ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेलबारी नगरपालिकाद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर आज विहिबार वडा नं. २ मा सम्पन्न भएको हो ।

वडा नं. २ का अध्यक्ष घनश्याम गौतमले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा नगरबासीलाई आफ्नो स्वास्थ्य परिक्षणको लागि निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन आग्रह गरेका छन । महिलाहरु पाठेघरको रोगको समस्याले क्यान्सर सम्म हुने भएको कारण महिला दिदिबहिनीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष गौतमले बताए ।

बेलबारी स्वास्थ्या शाखाका अनुसार गत आर्थिक वर्ष देखि सञ्चालन भएको स्वास्थ्य शिविर यस वर्ष पनि निरन्तर्ता भएको हो । निःशुल्क स्वास्थ्य शिविरमा अब्स्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरूको ईस्केनिङ रिगंपेशरी तथा भि.आई.ए.जाँच सेवा साथै आँखा जाँच सेवा उपलब्ध छ ।

निःशुल्क स्वास्थ्य शिविरको स्वास्थ्य परिक्षणमा आङखस्ने समस्या भएका महिला बिरामी बढी देखिएको बेलबारी नगरपालिकाको कोभिड अस्पतालका प्रमुख डा. उमेश शाहाले जनाएका छन । सानो उमेरमा चाढो विवहा भएको र भारी काम गर्ने कारण पाठेघरको बढी समस्या उत्पन्न हुने डा.शाहाले बताए ।

भोली शुक्रबार आधारभुत स्वास्थ्य सेवा केन्द्र, बेलबारी ३ मा स्वास्थ्य शिविर सञ्चालन हुने, शिविर कार्यक्रमका संयोजक स्वास्थ्यकर्मी सन्तोष विश्वकर्मले जानकारी दिएका छन ।

https://youtu.be/WlkZLO7Zf1A

प्रतिक्रिया दिनुहोस्