प्रतिनिधिसभा विगठन विरुद्ध मोरङमा युवाले निकाले मसाल जुलुस


बेलबारी, १५ माघ । मोरङको बेलबारीमा माधव–प्रचण्ड समूहको नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्वियु तथा युवासँग नेपालले मोरङको बेलबारीमा मसाल जुलुस निकालेका छन् । प्रतिनिधिसभा विगठन विरुद्ध तथा शुक्रवार मोरङको विराटनगरमा हुने प्रदेश स्तरीय कार्यकर्ता भेलाको पूर्व तयारीमा अनेरास्वियु तथा युवासंघ मोरङले जुलुस निकालेका हुन ।

बेलबारीको दुर्गा मन्दिर देखी निकालिएको जुलुस पूर्व बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई युवा संघ मोरङका फ्याक्सन इन्चार्ज अशोक दाहालले सम्बोधन गरेको थिए ।

मसाल जुलुसमा संसद् पुनर्स्थापना गर, केपी ओली तिम्रो पाराले दुख पाए साराले लगायतको नारा लगाइएको थियो । नेकपा माधव प्रचण्ड समूहले प्रधानमन्त्री केपी शर्मा ओलिले संसद् विगठन गरेपछि विरोधका विभिन्न कार्यक्रमहरू गरी रहेका छन् । शुक्रवार विराटनगरमा हुने कार्यक्रममा प्रचण्ड तथा माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

https://youtu.be/PCdBJXJCEDs

प्रतिक्रिया दिनुहोस्