अपाङ्गता भएका व्यक्तिहरूका लागि बेलबारीमा आज देखी स्वास्थ्य शिविर सुरु


बेलबारी, १८ माघ । बेलबारी नगरपालिकाले आज देखी अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम नगरपालिकाले बेलबारी २ नम्बर वडा देखी निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।

शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्बन्धी परामर्श दिइने नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुट्टा बाङ्गिएको भए उपचारका लागि रेफर गरिने छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्र समेत वितरण गरिने विश्वकर्माले बताए । निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुनका लागि नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आग्रह समेत गरेको छ ।

माघ १८ गते सुरु भएको शिविर २६ गते सम्म सञ्चालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्