बेलबारीमा कोरोना विरुद्धको खोप अभियान सुरु


बेलबारी, १८ माघ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान बेलबारीमा सुरु भएको छ । आइतबार अभियानको एक कार्यक्रमका बिच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्यकर्मीलाई भ्याक्सिन दिएर अभियान सुरु गरेका हुन ।

अभियान सुरु भएसँगै बेलबारीका केही स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको छ । कोरोनाको लडाइमा अग्रपङ्तीमा खटेका स्वास्थ्य कर्मी हरूले भ्याक्सिन (खोप) लगाएपछि महामारीको समयमा भोगेका पिडा दुखहरू भुलेको बताएका छन् ।

स्वास्थ्य सामाग्रीहरू अभाव थिए तर बिहान बेलुका नभनी हामी परिस्थिति सँग जुधेर काममा खट्यौ बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले भने हामीलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हौसला काम गर्न सहज भएको थियो ।

उनले थपे उहाँहरूले हामीलाई बिहान बेलुका दिउसो राति समेत फोनमा तथा भेट्नै गरी रहेका छौ आफू पनि बाच अरूलाई पनि बचाऔँ भनेर भन्नु भयो र काममा हामीलाई हौसला दिनु भयो । उहाँहरूले गर्नुभएको सहयोगले हामीलाई काम गर्न सजिलो भएको थियो अहिले भ्याक्सिन लगाउन पाउँदा धेरै सहयोग पुगेको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्