भाउन्ने कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रोयल विजयी : अशोक विष्ट र कौशिला देवान सम्मानित


बेलबारी, २५ माघ । बेलबारी वडा नं. १० भाउन्नेमा भाउन्ने यूथ क्लब बेलबारीद्वारा आयोजित भाउन्ने कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रोयल फुटबल क्लब विजयी भएको छ । बेलबारी फुटबल क्लब बेलबारीलाई १–० गोलको अन्तरले हराउँदै रोयल विजयी भएको हो ।

उद्घाटन खेलमा रोयल फुटबल क्लबको विजेताको कारण एकराज बुढाथोकी भए । खेल सुरु भएको ४ मिनेटमा नै रोयलका खेलाडी बुढाथोकीले पेनाल्टीको अवसरमा गोलको खाता खोलेका थिए ।

(क्लबका पूर्व खेलाडी अशोक विष्ट)

पहिलो हाफ १–० गोलको मतान्तरले सकियो भने दोस्रो हाफ गोल विहीन सकिएको थियो । बेलबारीको तर्फबाट गोल हुन सकेन । रोयलका खेलाडी बुढाथोकीको एक गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ दि म्याच रोयलका एकराज बुढाथोकी नै घोषित भए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा भाउन्ने फुटबल क्लबका पूर्व खेलाडी अशोक विष्टलाई क्लबले सम्मान गरेको छ । स्व.बिराज देवानको स्मृतिमा क्लबको भवन निर्माण गरिदिने कौशिला देवान पनि सम्मानित भएकी छिन ।

( कौशिला देवान )

आयोजकका अनुसार दोस्रो दिनको खेल र डागीहाट फुटबल क्लब र पथरीशनिश्चरे फुटबल क्लब बिच हुने भएको छ । आज देखी सुरु भएको प्रतियोगिता फागुन ४ गते सम्म हुने छ । विजेताले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्