लाहुरे ट्रेनिङ सेन्टरद्वारा डागिहाट फुटबल क्लब, बेलबारीलाई जर्सी हस्तान्तरण


बेलबारी, २७ माघ । लाहुरे ट्रेनिङ सेन्टर, धरानले डागिहाट फुटबल क्लब, बेलबारीलाई जर्सी सेट हस्तान्तरण गरेको छ । सोमबार लाहुरे टे«निङ सेन्टरका प्रतिनिधि रिक्त गुरुङले क्लबलाई हस्तान्तरण गरेका हुन ।

खेलकुद विकासको निम्ति तथा खेलाडीको प्रोत्साहनको लागि डागिहाट फुटबल क्लबका खेलाडीहरूको लागि खेल पोसाकको सेट प्रदान गरेको लाहुरे टे«निङ सेन्टरका प्रोप्राइटर हिमाल गुरुङले बताए । खेलकुद विकास तथा सामाजिक विकास कार्यको निम्ति ट्रेनिङ सेन्टरले निरन्तर सहयोग गरी रहने हिमाल गुरुङले प्रतिबद्धता पनि गरेका छन् ।

डागिहाट फुटबल क्लबलाई सहयोग गरेकोमा लाहुरे ट्रेनिङ सेन्टरलाई धन्यवाद प्रदान गर्दै बेलबारी नगरपालिकामा खेल क्षेत्रको विकासको लागि निरन्तर क्लब लागि पर्ने अध्यक्ष क्षत्र लिम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस्