इटहरी १० मा स्वास्थ्य इकाई भवनको शिलान्यास


इटहरी, २९ माघ । इटहरी उपमहानगरका सबै वडाहरूमा स्वास्थ्य इकाई पु¥याउने उद्देश्यले वडा नम्बर १० मा स्वास्थ्य इकाई भवनको शिलान्यास गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बिहान स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभयो । उहाँले यही आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालिने जानकारी दिनुभयो । निर्माणको गुणस्तर र समयमा कुनै सम्झौता नहुने प्रस्ट पार्नुभयो ।इटहरीका सबै वडामा स्वास्थ्य संस्था पु¥याउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाई निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

ती मध्ये १० वटा शिलान्यास भएर काम सुरु भएको र केही सम्पन्न हुने अवस्थामा पुगेको बत्ताउनुभयो । वडाध्यक्ष प्रकाश चौधरीले गाउँघरमै आधारभूत स्वास्थ्य सेवा पाइने अवस्था सृजना हुनु खुसीको कुरा हो भन्नुभयो । कार्यक्रममा इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपियाँको लागतमा एक तले चार कोठे भवन निर्माण हुने जानकारी गराउनुभयो । ठेकेदार जोखन सरदारले समयमै काम सक्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्