सगरमाथा क्लब विराटचौकले चुमे भाउन्ने कप नकआउट फुटबल प्रतियोगिताको उपाधि


बेलबारी, ५ फागुन । भाउन्ने कप नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि सगरमाथा क्लब विराटचौकले चुमेको छ । मङ्गलवार भएको फाइनल खेलमा विराटचौकले पथरीशनिश्चरे क्लब, पथरीलाई २–१ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

पथरीसनिस्चरेले आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक टिम भाउन्ने फुटबल क्लब, बेलबारीलाई ३–० गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने विराटचौकले शनिवार भएको पहिलो सेमिफाइनल खेलमा रोयल स्र्पाेटिङ क्लब दमक, झापालाई ३–१ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

विजेता टिमले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ । कार्यक्रम क्लबका अध्यक्ष सन्तोष तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्