बेलबारीको गोदावारी स्कुलमा मेलिनाले बालबालिका देखी अभिभावक सबैलाई नचाइन


बेलबारी, ५ फागुन । बेलबारीको गोदावारी विद्या मन्दिर स्कुलमा गायिका मेलिना राईले बालबालिका देखी अभिभावक सबैलाई नचाइन । सरस्वाति पूजाको अवसरमा स्कुले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा मेलिनाले गीत मार्फत विद्यार्थी तथा अभिभावक सबैलाई नचाएकी हुन ।

‘नाच फिरिरि’बाट सुरु गरेकी मेलिनाले ‘एक कान दुई कान’ बोलको गीत गाएर आफ्नो प्रस्तुति सकेका थिइन । मेलिनाको करिब ४० मिनेट भन्दा लामो प्रस्तुतिले स्कुल साङ्गीतिक मय भएको थियो । गोदावारी स्कुलमा पहिलो आगमन भए पनि अति प्रिय र उत्कृष्ट वातावरण भएको मेलिनाले बताएकी छिन ।

मेलिनाको प्रमुख प्रस्तुति सँगै उमेश राई र सुधन राईको पनि गायन प्रस्तुति रहेको थियो । स्कुलका साना बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए भने मा.वि स्तरका विद्यार्थीहरूले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घोषण पनि स्कुलका विद्यार्थीले नै गरेका थिए । सङ्गीत क्षेत्रमा विध्यार्थीहरुको बढी रुचि भएको हुँदा हौसलाको लागि मेलिनाको प्रमुख प्रस्तुति सहित साङ्गीतिक कार्यक्रमको आयोजना गरेको स्कुलका अध्यक्ष ललित राईले बताए ।

किताबी अध्यायको साथै व्यवहारिक र सृजनशील क्रियाकलापमा पनि विद्यार्थीहरूलाई ध्यान केन्द्रित गराउने अध्यक्ष राईले बताएका छन् । अध्यक्ष राईले भन्छन्, ‘पढ्नुको साथै विध्यार्थीहरुलाई खेलकुद पनि चाहिन्छ, गीतसङ्गीतमा पनि रमाउनु पर्छ, विद्यार्थीहरूले अभिभावकसँगै रमाउनु सक्ने वातावरण पनि दिनु पर्छ, अनुशासितसँगै सृजनशील पनि हुनु पर्छ साहित्य होस वा कुनै कलाकारिता सबै व्यावहारिक शिक्षा विद्यार्थीलाई अनिवार्य हो ।’

प्रतिक्रिया दिनुहोस्