नेशनलले मायाघरका वृद्धबृद्धालाई खुवायो मिठो भोजन


इटहरी, १० फागुन । निजी क्षेत्रको पहिलो जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी र दमक शाखाले सोमबार बृद्धावृद्धहरूलाई भोजन मिठो भोजन गराएर कम्पनीको ३४ औँ वार्षिक उत्सव मनाएको छ ।

कम्पनीको इटहरी शाखाले इटहरी २ हवाई चोकमा रहेको मायाघरमा आश्रित १०० बढी वृद्ध वृद्ध तथा बालबालिकाहरूलाई मिठो भोजन खुवाएको हो । कम्पनीको ३४ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार इटहरी २ हवाईचोकमा रहेको मायाघर नेपालमा पुनर्स्थापनाका लागि बस्दै आएका ३६ जना ज्येष्ठ आमा बुबा, ९ जना बालबालिका, ११ जना अपाङ्गता र मानसिक सन्तुलन ठिक नभएका विभिन्न उमेर समूहका ४५ जना गरी १०२ जनालाई मिठो भोजन गराएको हो ।

जसको कोही छैन उसकै माया घर, जसको केही छैन उसैको माया घर भन्ने नाराका साथ २०७४ सालदेखि सञ्चालनमा आएको सामाजिक संस्था हो । मायाघरमा नेपालमा घरपरिवार समाजबाट अपहेलित भई मानसिक सन्तुलन ठिक नभएका अपाङ्गता व्यक्तित्वहरूलाई पुनर्स्थापनाका लागि काम गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देशभर विभिन्न कार्यक्रम गरिरहेका बेला असहाय तथा मानसिक अवस्था कमजोर भएका सडकमा बेवारिसे अवस्थामा रहेर अपहेलित जीवन गुजार्दै आएका व्यक्तिहरूलाई पुनर्स्थापनाका लागि काम गर्दै आएको र हाल सम्म सयौँ व्यक्तिले पुर्न जीवन पाएको मायाघरकी सञ्चालिका सुभद्रा प्याकुरेलले बताउनुभयो ।

दैनिक खाना तथा भोजन गराउन समस्या भइरहेको बेला मासु भात सहितको एक छाक खाना खुवाएर जुन कार्य गर्नुभएको छ । यसले हाम्रो अभियानलाई धेरै सहयोग पुग्नुका साथै यस्ता सामाजिक कार्यले हाम्रो अभियानलाई ठुलो बल पुगेको छ प्याकुरेले बताइन् ।

यता कम्पनीको दमक शाखाले पनि रत्न ज्येष्ठ नागरिक वृद्ध आश्रममा आश्रित आमा बुबालाई खाना खुवाउनुको साथै आश्रमलाई चामल र नगद सहयोग हस्तान्तरण गरेको छ ।कम्पनीको दमक शाखा प्रमुख सुमन राई,उर्लाबारी शाखा प्रमुख मोहन कँडेल लगायतको उपस्थितिमा भोजन गराउनुका साथै राहत हस्तान्तरण गरेका हुन् ।

मिठो भोजन वितरण कार्यक्रममा प्रदेश प्रमुख नरेन्द्र राई, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पेसागत बिमा अभिकर्ता संघका अध्यक्ष एवं कम्पनीको केराबारी एजेन्सी कार्यालय प्रमुख किशन शाही,विराटचोक एजेन्सी कार्यालयका प्रमुख खगेन्द्र सुबेदी, झुम्का एजेन्सी कार्यालय प्रमुख ननुलाल चौधरी, व्यवसाय प्रबन्धक श्रीमती मिलन लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्