ट्राफिक प्रहरी पोस्ट बेलबारीले हर्न निषेध कडाइ गर्दै


बेलबारी, ११ फागुन । १ नम्बर प्रदेशमा हर्न निषेध कडाइ गरेसँगै ट्राफिक प्रहरी पोस्ट बेलबारीले सवारी साधनमा प्रेसर हर्न बजाउन जडान गरिएको सोली निकाल्न सुरु गरेको छ । सोमबार देखी ट्राफिक प्रहरी पोस्ट बेलबारीले सो कार्यलाई निरन्तरता दिएको हो ।

मालबस, यात्रुबस लगायत सबै सवारी साधनमा चेक जाँच(गर्दै प्रेसर हर्न बजाउन जडान गरिएको सोली निकाल्ने कार्य भइरहेको ट्राफिक प्रहरी पोस्ट बेलबारीका प्रमुख प्रेम शाहले जानकारी दिएका छन् । ठुलो आवाजमा हर्न बजाउँदै तीव्र गतिमा चालकले सवारी साधन कुदाउँदा दुर्घटना हुने सम्भावना बढी हुनाले न्यूनीकरणको लागि बेलबारीमा हर्न निषेध कडाइ कार्यलाई निरन्तरता दिने शाहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्