प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला


काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला सुनाएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रधानमन्त्री गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएका हुन् । आदेशमा १३ दिनभित्रै संसद् अधिवेशन बोलाउन पनि भनिएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढङ्गले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सिफारिसबारे निर्णय गर्दै मध्यावधि निर्वाचनको मितिसमेत तोकेकी थिइन् ।

फैसलाको पूर्णपाठ

https://drive.google.com/file/d/14cksf7M6fL4zIlTmZeWM72SJu-SmWzhB/view?usp=sharing

प्रतिक्रिया दिनुहोस्