१२ वर्ष अगाडि फरार बलात्कारका अभियुक्त प्रक्राउ


बेलबारी, २१ फागुन । इलाका प्रहरी कार्यालय बेलबारीले जबरजस्ती करणी मुद्दामा बाह्र वर्ष र दुई वर्ष अगाडि फरार भएका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका विशेष प्रहरी टोलीले बाह्र वर्ष अगाडि नाबालिकालाई सामूहिक बलात्कार गरी ११ वर्ष कैद तोकिएका फरार प्रतिवादी मघ्येका साबिक सुन्दरपुर गा.बि.स.वडा नं.६ लाटिझोडा हाल सुन्दरहरैचा न.पा.४ बस्ने वर्ष ३८ को गोम्बे तामाङलाई फागुन २१ गते पक्राउ गरेको छ ।

तामाङको प्रक्राउसंगै जबरजस्ती करणी उधोग मुद्दामा मोरङ जिल्ला अदालतबाट २०७३ सालको फैसलाले २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना ठहर भई उक्त कैद तथा जरिवाना बेरुजु राखी फरार रहेका केराबारी गाउँपालिका वडा नं ८ बस्ने वर्ष ३७ का हर्कबहादुर विश्वकर्मालाई पनि बेलबारी प्रहरीले पक्राउ गरेको छ ।

दुवै प्रतिवादीलाई जनालाई मोरङ जिल्ला अदालतको आदेशानुसार आवश्यक कारबाहीका लागि कारागार पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामकुमार राईले जानका छन् ।

प्रतिक्रिया दिनुहोस्