बेलबारीद्वारा गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान 


बेलबारी, १३ फागुन । मोरङको बेलबारी नगरपालिकाले घरघरमा गएर ज्येष्ठ नागरिकलाई सम्मान गर्न थालेको छ । ९० वर्ष भन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई घर घरमा गएर नगरपालिकाले सम्मान गर्न थालेको हो ।

२ नम्बर वडा कार्यालयबाट सम्मान सुरु गरिएको छ । घरघरमै पुगेर ज्येष्ठ नागरिक आमाबुबाहरूलाई बलाङ्केट तथा सुइटर लगायतका सामाग्रीहरू दिएर सम्मान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सबै वडामा पुगेर ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने सुवेदीको भनाई रहेको छ ।

सम्मान पाउँदा ज्येष्ठ नागरिकहरू समेत खुसी भएका छन् । सम्मान पाउँदा छोरा छोरी जस्तै लागेको ज्येष्ठ नागरिकको भनाई रहेको छ । नगरपालिकाले गरेको सम्मानले हौसला मिलेको बेलबारी २ की ९३ वर्षीय हरि माया कणेलले बत्ताइन ।

सम्मान कार्यक्रममा बेलबारी नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहको सहभागिता रहेको थियो ।

नगर क्षत्र भित्रका १ सय २ जनालाई सम्मान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ । एक्टिभ नेपालको सहयोगमा नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई  सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्