भट्टराई परिवारद्वारा १ करोडको जग्गा प्रदान


इटहरी, १३ फागुन । इटहरी वडा नम्बर तीनको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय भट्टराई परिवारले करिब एक करोड मूल्य पर्ने डेढ कट्ठा जग्गा प्रदान गरेका छन् ।

बल बहादुर भट्टराईको परिवारले वडा कार्यालयका लागि जग्गा प्रदान गर्नुभएको हो । सोही जग्गामा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा कार्यालय भवनको शिलान्यास गरेका छन् ।

भट्टराई परिवारले वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गरेकोमा प्रमुख चौधरीले धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा भट्टराई परिवारका सदस्यहरूलाई दोसल्ला र माला लगाएर सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्