बेलबारीमा भोलिदेखि प्रदेश नं. १ स्तरीय टूबोर्ग ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हुँदै


बेलबारी, १९ फागुन । बेलबारीमा भोलि बुधवारदेखि प्रदेश नं १ स्तरीय टूबोर्ग ट्वान्टी-२० क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । बेलबारी १० स्थित एम्ब्रियो खेल मैदानमा संयुक्त खस क्षेत्री समाजको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

आयोजक संस्थाका अनुसार प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । मिर्गौला पीडित कुम्भदेवी बस्नेतलाई उपचारको लागि आर्थिक सहयोग गर्ने र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताएका छन् ।

खेल संयोजक चुबक खड्का अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद पुरस्कार रु.३० हजार र उपविजेताले रु.२० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको फÞफाइनल खेल फाल्गुन २७ गते हुने खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्