किराँत राई यायोक्खाको अध्यक्षमा दिवस राई हुने निश्चित


सुनसरी, २१ फागुन । किराँत राई यायोक्खाको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दिवस राई हुने निश्चित भएको छ ।

सुनसरीको धरानमा जारी १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा दिवस राईको मात्र उम्मेदवार परेको छ । यस कारण पनि दिवस राई अध्यक्ष बन्ने पक्का भएको हो ।
अन्य पदमा भने कडा प्रतिस्पर्धा हुने भएको छ । पाँच उपाध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ । तिलकप्रसाद राई, सर्वधन राई, यादव बान्तवा राई, टिकासरि राई,राकेश राई, गेनबहादुर राई, पारसमणि राई र जीवन हाताचो राईले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।
जीवन हाताचो निवर्तमान महासचिव हुन् भने टिकासरि, गेनबहादुर, पारसमणि अघिल्लो कार्यकालमा समेत उपाध्यक्ष थिए । एक महासचिवमा दुवै पूर्व उपमहासचिव, जनक राई र धिरेन्द्र रुम्दाली राईको मनोनयन परेको छ ।


दुई उपमहासचिव भने पाँच जनाले मनोनयन दर्ता गरेका छन् । अर्जुनकुमार राई, भीमराज राई, सुमन राई, देवान राई र दोर्पध्वज राई रहेका छन् । भीम राई यस अघि पनि उपमहासचिव थिए । पाँच सचिवको लागि १३ जनाले मनोनयन दर्ता गरेका छन् । सचिवमा खड्ग राई, पर्शुराम राई, कृष्ण राई, शुभचन्द्र राई, श्रिशिसा राई, दिपेनवाला राई, सञ्जय सन्तोषी राई, मञ्जु सोताङ राई, हेमन्त राई, मातृका राई, केशर राई, जितकुमार राई रहेका छन् ।

कोषाध्यक्षमा युवराज राई र सहकोषाध्यक्ष महेन्द्र राईको मनोनयन दर्ता भएको छ । सदस्यहरूमा बिर्शिका राई, मिनाकुमारी राई, सन्दीप राई, अस्मिका राई, विमला नाछिरिङ्ग र कमला राई, प्रेम राई(इलाम)तारा राई(भोजपुर) दिलीप बान्तवा राई(काठमाडौँ)डम्बरबहादुर राई(सप्तरी) नवीन राई(मोरङ), नगेशचन्द्र राई(सुनसरी), अञ्जना राई(खोटाङ), रत्नदेवी राई(जुम्लेखा, भाषिक), किवाङहाङ्ग राई(विशिष्ट संरक्षक) रहेका छन् ।

त्यसै गरी कपिल राई(ललितपुर), इन्द्रमान राई (झापा), शुसिलकुमार राई (झापा) अनिता राई(पाँचथर), अन्जनी राई(सिराहा), विमल किराँती(उदयपुर), राजु एन राई(कलाकार), लिलमराज राई(चाम्लिङ भाषिक), मनोजकुमार राई(ताप्लेजुङ) राकेश चाम्लिङ राई(भक्तपुर), सञ्जय राई(युवा), मनीकुमार राई(उदयपुर), भद्रगोल किराँती(सोलुखुम्बु) रहेका छन् । ३८ जना केन्द्रीय सदस्य खुल्ला निर्वा्चितहुने छन् भने भाषिक र भातृ सङ्गठनबाट एक—एक जना गरेर ८१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने विधानमा व्यवस्था रहेको निर्वाचन समितिका संयोजक यशोदा राईले बताए ।

कार्यकाल तीन वर्षको हुनेछ । यशोदा राईको संयोजकत्वमा चन्द्रविक्रम राई, दुर्गा राई, हरीकुमार साम्पाङ्ग राई र जयकुमार राई रहेको निर्वाचन समिति रहेको छ । आवश्यक सङ्ख्याभन्दा बढीको उम्मेदवारी परे पनि सर्वसहमितको लागि प्रयास भइरहेको निर्वातमान अध्यक्ष तिलक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्