बेलबारी ८ मा स्कुल/कलेज कप फुटबल प्रतियोगिता २०७७


बेलबारी, १९ फागुन । बेलबारीमा सिंहदेवी एकेडेमीद्वारा आयोजित स्कुल÷कलेज कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते देखी प्रतियोगिता हुने जानकारी दिएको हो ।

मोरङ, सुनसरी र झापाबाट स्कुल तथा कलेजका १० टिमको सहभागिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार बेलबारी ८ स्थित एम्ब्रियो खेल मैदानमा प्रतियोगिता हुने छ । फाइनल खेल फागुन २६ गते हुने खेल संयोजक लाख बहादुर गुरुङले जनाएका छन् ।

प्रतियोगिताका विजेताले उपाधिसहित नगद पुरस्कार रु.५० हजार र उपविजेताले रु.२५ हजार प्राप्त गर्ने सिंहदेवी एकेडेमीका प्रिन्सिपल रबिन थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्