शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ४१ औँ साधारण सभा सम्पन्न


केराबारी, २२ फागुन । शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समिति केराबारी १० को ४१ औँ साधारण सभा सम्पन्न भएको छ । केराबारी ८ स्थित हजार बिघा सामुदायिक बनको सभाहलमा शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ४१ औँ साधारण सभा शनिवार सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले शुभकामनासहित “एक घर एक धारा” को नीति कार्यान्वयन गर्न सक्ने खानेपानी उपभोक्ता समिति बन्न सकोस् भन्ने आग्रह गरेका छन् । कार्कीले खानेपानीको दिगो विकास तथा सहज रूपमा आपूर्ति गर्न गाउँपालिकाले बजेट विनियोजन गर्न तयार रहेको बताए ।

उपाध्यक्ष शान्ति चेमजोङले कार्यक्रममा शुभकामना प्रदान गर्दै कुनै पनि संस्थामा विधि र विधान भन्दा माथि रहेर व्यक्तिवादी हाबी हुन नदिन सुझाव प्रकट गरेकी छिन । समयमा नै साधारण सभा नगर्ने र सूचनाको हकबाट उपभोक्तालाई वञ्चित गर्ने संस्कारको अन्त्य गर्न समेत उपाध्यक्ष चेमजोङले बताइन ।

सभामा प्रगति तथा आन्तरिक लेखा प्रतिवेदन समितिका अध्यक्ष लिलाकान्त घिमिरेले प्रस्तुत गरे भने लेखा परीक्षण प्रतिवेदन कोषाध्यक्ष पूर्णमाया मगर चौधरीले प्रस्तुत गरिन । कार्यक्रम अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्