सिटिजन्स लाइफ इन्स्योरेन्स विराटचोक शाखाद्वारा खड्का परिवारलाई रु.५ लाख हस्तान्तरण


सुन्दरहरैचा, २२ फागुन । मोरङको सिटिजन्स लाइफ इन्स्योरेन्स विराटचोक शाखाले एक खड्का परिवारलाई ५ लाख रुपैयाँ र काजक्रिया खर्चबापत ५० हजार रुपैयाँ प्रदान गरेको छ । सुन्दरहरैचा ९ निवासी बालकृष्ण खड्काको परिवारलाई सो रकम शाखाले हस्तान्तरण गरेको हो ।

शाखाले दाबी भुक्तानी कार्यक्रम मार्फत बिमा दाबी बापतको रकमको चेक बीमितकी श्रीमती शोभाकुमारी खत्रीलाई सो रकम हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा शाखाका प्रबन्धक रितेश गजुरेल, एजेन्सी म्यानेजर अर्जुन विष्ट, सन्तबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
झन्झटिलो प्रक्रिया विहीननै सहज रूपमा भुक्तानी पाएको खत्री बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्