बेलबारी नगरपालिकाको ७ औँ नगरसभा, दुईवटा कानुन बनाउँदै सकियो


मोरङ, २ चैत । बेलबारी नगरपालिकाको ७ औ नगर सभा सोमवार सम्पन्न भएको छ । नगर सभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेक र सौर्य ऊर्जा प्रवर्द्धन विधेयक पास गरेको छ ।

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको समुचित उपयोग एवम् दिगो व्यवस्थापन गर्नका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी कानुन बनाइएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

यस्तै नगर सभाले आफ्नो नगरमा आफै वैकल्पिक ऊर्जा उत्पादन गर्ने गरी सौर्य ऊर्जा प्रवर्द्धन विधेयक पास गरेको छ । बेलबारीले वैकल्पिक ऊर्जा उत्पादन गर्ने तयारी गरिहरेको छ । प्रकृतिमा निरन्तर रूपमा प्राप्त भइरहने र प्रयोगबाट न्यून वातावरणीय असर पर्ने भएकोले वैकल्पिक ऊर्जामा जोड दिएको नगर प्रमुख सुवेदीले बताए ।

वातावरणीय असर समेत नगर्ने भएपछि वैकल्पिक ऊर्जामा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । फागुन २९ गते देखी सुरु भएको नगर सभा दुई वटा विधेयकहरू पारित गर्दै चैत्र २ गते सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्