इटहरी उपमहानगरको आठौँ नगरसभाको बैठकद्वारा रु.१ अर्ब ९५ करोड ४० लाखको पूरक बजेट पारित


सुनसरी, २ चैत । इटहरी उपमहानगरको आठौँ नगरसभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को पूरक बजेट पारित गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको बैठकले १ अर्ब ९५ करोड ४० लाखको संशोधित पूरक आय व्यय अनुमान पारित गरेको हो ।

फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पूरक बजेट सभामा पेस गर्नुभएको थियो । यसै गरी आजको बैठकले विनियोजन ऐन संशोधन विधेयक र आर्थिक ऐन संशोधन विधेयक पारित गरेको छ । विधेयक माथि भएको छलफलमा नगरसभा सदस्य गणेश खत्रीले भाग लिनुभयो ।

छलफलमा उठेका प्रश्नको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिनुभयो ।नगरसभाको आजको बैठकमा उपप्रमुख गौतमले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ पेस गर्नुभएको छ । अर्को बैठक चैत ३ गते दिउसो ३ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्