दिलकुमारी राईको संयोजकत्वमा इटहरी अपाङ्गता सञ्जाल गठन


इटहरी, ४ चैत । इटहरी उपमहानगरमा इटहरी अपाङ्गता सञ्जाल गठन भएको छ । दिलकुमारी राईको संयोजकत्वमा सञ्जाल गठन भएको हो ।

सञ्जालको उपाध्यक्षमा रमानन्द खत्वे, सचिव रामु कार्की, सहसचिव राम बहादुर भुजेल र कोषाध्यक्ष रिता पौडेल रहनुभएको छ । सञ्जालमा इटहरीको २० वटै वडाबाट प्रतिनिधित्व रहेको छ ।

अव इटहरीका प्रत्येक वडाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै वडा मिलीजुली समूह गठन गरिने र त्यसलाई टोलहरूमा समेत विस्तार गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

इटहरीमा अपाङ्गता सम्बन्धी योजना तर्जुमा,कार्यान्वयन र अनुगमनमा समेत अपाङ्गता भएकाहरूलाई सहभागिता गराउन टोल टोल सम्म समूह गठन गर्न लागिएको छ । इटहरी अपाङ्गता सञ्जालले इटहरी उपमहानगरमा सञ्चालित अपाङ्गता रोकथाम तथा नियन्त्रण कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने छ ।

अपाङ्गता भएकाहरूको पहिचान गरी उहाँहरूलाई सिप सिकाएर क्षमता विकास गर्दै आत्मनिर्भर बनाइने उपप्रमुख गौतमले बत्ताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्