बेलबारी ९ मा भोलि देखी प्रदेश स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै


बेलबारी, ६ चैत । बेलबारी ९ मा “प्रदेश स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७” भोलि चैत ७ गते शनिवार देखी हुने भएको छ । डाँगिहाट जागृति युवा क्लब, बेलबारी ९ को आयोजनामा प्रतियोगिता हुन गइरहेको हो ।

शुक्रवार वडा नं.९ स्थित श्री काली माध्यमिक विद्यालयको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । बुद्ध एयरको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा प्रदेश भरीका आठ टिम सहभागी रहने आयोजकले जनाएको छ ।

गाईघाट फुटबल क्लब उदयपुर, डाँडाबजार फुटबल क्लब धनकुटा, पथरी स्पोटिङ क्लब मोरङ, डाँगिहाट जागृति युवा क्लब आयोजक, धरान सिटी फुटबल एकेडेमी सुनसरी, डाँगिहाट जागृति युवा क्लब (रातो), उर्लाबारी फुटबल क्लब मोरङ र ब्रोदर्स युनाईटेड फुटबल क्लब झापा खेलमा सहभागी रहनेछन् ।

प्रतियोगिताको विजेता टिमले उपाधि सहित नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष प्रभुराम अधिकारी जानकारी दिएका छन् । अधिकारीका अनुसार प्रतियोगिता चैत्र १४ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्