बेलबारीको खानेपानी संस्थाको अध्यक्षमा रुक्मिणी निर्वाचित : संयुक्त गठबन्धनको प्यानलै निर्वाचित


बेलबारी, ८ चैत । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रुक्मिणी धिमाल निर्वाचित भएकी छिन । शनिवार बेलबारीमा सम्पन्न निर्वाचनले धिमाल अध्यक्षमा निर्वाचित भएका हुन ।

धिमालले ७५२ ल्याएका थिइन भने उनका प्रतिस्पर्धी खेमप्रसाद गौतमले १८७ ल्याएका थिए । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्रको संयुक्त गठबन्धनको प्यानलै निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा डिल्लीराज गिरी निर्वाचित भएका छन् । गिरीले ५३९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी तोषित सुवेदीले ३७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा केशव खले, सचिवमा जगबहादुर क्षेत्री, निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा प्रेमबहादुर गुरुङ, प्रकाशकुमार भण्डारी, गणेश बस्नेत निर्वाचित भएका छन् भने महिला सदस्य शर्मिला लुङ्गेली, बविता राई, सीतादेवी बास्तोला निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्