संस्थागत विद्यालयको शुल्क समस्या समाधान गर्न कार्यदलले इटहरी उपमहानगरलाई प्रतिवेदन बुझायो

सुनसरी, ११ चैत । इटहरीका संस्थागत विद्यालयको कक्षा ११ र १२ मा देखिएको शुल्क सम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । इटहरी उपमहानगर वडा नम्वर ४ का अध्यक्ष चन्द्र भट्टराईको संयोजकत्वमा गठित कार्यदलले इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीलाई प्रतिवेदन बुझाएको हो ।

विभिन्न सरोकारवालाहरू सँग छलफल गरेर सुझाव प्रतिवेदन बुझाएको संयोजक भट्टराईले बत्ताउनुभयो । समयमै प्रतिवेदन बुझाएकोमा प्रमुख चौधरीले कार्यदललाई धन्यवाद ज्ञापन गर्नुभयो । भोलि बिहान नगरशिक्षा समितिको बैठक बसेर सुझाव माथि छलफल गरिने भएको छ । चैत ८ गते बसेको नगरशिक्षा समितिको बैठकले कार्यदल बनाएको थियो । कोरोना महामारीको समयको समेत निजी कलेजले शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्