प्रदेश–१ का नव नियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण


विराटनगर, १४ चैत । प्रदेश–१ सरकारका नव नियुक्त मन्त्रीहरूले शुक्रवार शपथ ग्रहण गरेका छन् । ६ जना नव नियुक्त मन्त्रीहरूले शपथ खाएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले र कृषि राज्यमन्त्री कला घले शपथ खाएका हुन् ।

राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् । मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् ।

सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्