मापदण्ड विपरीत उत्खननले केराबारीमा फेरी खोला विवाद : खदममा पुल निर्माणमै अवरोध


बेलबारी, १९ चैत । मोरङको केराबारी गाउँपालिका फेरी खोला विवाद उत्पन्न भएको छ । केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

केराबारी देखि धरान जोड्ने मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत खदम खोलामा करिब ६४ करोडको लागतमा सम्पन्न हुने गरी पुल निर्माण कार्य सुरु भएता पनि मापदण्ड विपरीत उत्खनन कार्य सुरु भए पछि अवरोध उत्पन्न भएको हो । लामो समय पछि बल्ल खदम खोलामा पुल निर्माण कार्य सुरु भइरहेता पनि अवरोध उत्पन्न भए पछि स्थानीय आक्रोशित भएका हुन । नाफालाई मात्र हेरेर ठेकेदारहरूले पुल निर्माणमा अवरोध पुराउँदै उत्खनन गरेको स्थानीयको गुनासो रहेको छ ।

पुल निर्माण कार्य सुरु भएको छेउछाउमा नै उत्खनन कार्य भएको देखे पछि आक्रोशित स्थानीयले नै टिपर तथा मेसिनहरू ५ सय मिटर टाढा हटाएका छन् । केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको अनुरोध बोर्ड त्यही स्थानमा दुइटा राखिएको छ । पुल बन्ने ठाउँबाट उत्तर दक्षिण दुवैतिर ५००–५०० मिटर नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने भएकोले उत्तर तर्फ उत्खनन कार्य गर्न निषेध गरिएको उल्लेख छ । तर नियम विपरीत २५० मिटरको छेउछाउमा नै उत्खनन गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन ।

खदममा भइरहेको उत्खनन मापदण्ड विपरीत छ । मापदण्ड भन्दा बढी गहिरो उत्खनन भएको प्रस्ट देखिन्छ । उत्तर दक्षिण दुवैतिर ५००–५०० मिटर नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने गरी केराबारी गाउँपालिकाले मापदण्ड उल्लेख गरेर राखेको अनुरोध बोर्ड स्थानीयको विरोध पछि बिहीबार तत्काल ५०० मिटर फरकको ठाउँमा सारिएको छ तर के साचीकै यस अघि गाउँपालिकालाई केही खबर थिएन त ? गाउँपालिका अनविज्ञ भन्ने हो भने पनि केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खबर गर्दा चासो नदिएर मैन बसेको र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ । खदमको अवलोकन गर्दा मापदण्ड विपरीत उत्खनन भएको प्रस्ट देखिन्छ । र वास्तवमै स्थानीयको आरोप जस्तै गाउँपालिका मैन र प्रहरी मुख दर्शक झैँ देखियो ।

खोला विवाद एक पटक मात्र हैन खदममा उत्खनन कार्यको ठेक्का लागेसँगै अनिवार्य उत्पन्न हुन्छ । स्थानीय आन्दोलित हुन्छन् तर सुधार भने केही भएको पाइँदैन । प्राकृतिक स्रोतको उपयोग भन्दा विनाश मात्र गर्ने गरेको स्थानीयको आरोप रहेको छ । स्थानीयद्वारा यो आरोप ठेक्का लिने कम्पनीलाई, ठेकेदारलाई मात्र नभएर जनप्रतिनिधिमा पनि रहेको छ ।

मापदण्ड विपरीत खोलामा उत्खनन नहोस् भनेर वर्षैदेखि पटक पटक आन्दोलन गरिरहँदा पनि केही सुधार नआएको भन्दै जनप्रतिनिधि देखी प्रहरी सबैको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता तथा सहयोग रहेको स्थानीयले आरोप लगाएका छन् । अप्रत्यक्ष रूपमा जनप्रतिनिधि तथा प्रहरी संलग्नताको आडलेनै ठेकेदारलाई मापदण्ड विपरीत काम गर्न हौसला मिलिरहेको स्थानीयहरू बत्ताऊ छन् ।

https://youtu.be/DDuBpVg-E3c

प्रतिक्रिया दिनुहोस्