अस्ट्रेलिया पठाइए दिन्छु भन्दै रु.९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, १९ चैत । रोजगारीका लागि अस्ट्रेलिया पठाइए दिन्छु भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ बस्ने २३ वर्षीय अमित भुजेल रहेका छन् । उनले ‘सर्ट टर्म ४५७’ भिसामा दुई–दुई वर्षका लागि अस्ट्रेलियामा काम गर्न पठाई दिने र १०५ दिनमै प्रक्रिया पुरा हुने भन्दै पीडितहरूबाट नौ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बस्ने वर्ष २१ को एरिक न्यौपाने र २५ वर्षका निर्देश खड्काले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई माछापोखरीबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेल उपर थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्