सुन्दरहरैंचामा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश 


सुन्दरहरैंचा, २० चैत। सुन्दरहरैंचा नगरपालिका वार्ड न. ५ मा अवस्थित गोर्खाली टोलका काँग्रेस निकट टोलवासीहरूको ठुलो समूह नै एमालेमा प्रवेश गरेको छ । टोलका युवा, महिला, अगुवाहरू सबै संयुक्त रूपमा हस्ताक्षर सहित एक कार्यक्रम आयोजना गर्दै एमालेमा आबद्ध भएका हुन् ।
दिलकुमार लिम्बुको नेतृत्वमा प्रत्येक घरबाट एक जनाका दरले ८२ जनाको हस्ताक्षर पार्टी वार्ड कमिटीलाई बुझाउँदै उनीहरू एमालेमा प्रवेश गरेका हुन्  । १ न। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री माननीय राजकुमार ओझाको प्रमुख आतिथ्ययतामा एमाले पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको हो । उक्त कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्यहरू हरि घिमिरे, लक्ष्मी फुँयल, जिल्ला सचिवालय सदस्यहरू अजम्बर राई, ज्ञानेन्द्र ओझा, सुरेन्द्र थापा, केदार गुरागाईँ, नगर अध्यक्ष मातृकाप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।
काँग्रेस तथा अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूमा दिलबहादुर श्रेष्ठ, गोमादेबी श्रेष्ठ, श्याम श्रेष्ठ, रिता श्रेष्ठ, मनकुमार राई, रेनुका राई, भक्तबहादुर राई, पदमबहादुर राई, भिमकुमार तामाङ, देवबहादुर तामाङ, सुजन लिम्बू, दिलकुमार लिम्बू, पार्वती धिमाल लिम्बू, दिलु राई, दलबहादुर राई, विनीता राई, माया मगर, बादल मगर, मेघराज राई, रेनुका राई, युकरानी लिम्बू, गुरुप्रसाद निरौला, गोमादेबी निरौला, राजेन्द्र निरौला, पवित्रा निरौला, राजु लिम्बू, लक्ष्मी लिम्बू, बालकुमारी राई, शुरप लिम्बू, मनरानी लिम्बू, हर्कबहादुर राई, तिलक श्रेष्ठ, मनुषा श्रेष्ठ, हस्तबहादुर लिम्बू , मन्शु राई, लुहाङ्ग राई, संगिता राई, कृष्णा राई, राजकुमार राई, सुशीला काफ्ले, लक्ष्मी निरौला, दीपक सुबेदी, उमा निरौला, हेमा चौधरी, गोपाल चौधरी, लोकबहादुर दाहाल, नगेन्द्र श्रेष्ठ, अमिता श्रेष्ठ, तिलबहादुर दाहाल, सुस्मा दाहाल, राधिका दाहाल, कमल दाहाल, रितु पाण्डे, निर्मला पाण्डे, सन्तोष राई, पवित्रा राई, धनकुमारी राई, उमा निरौला, शिवकुमार सुबेदी, मिलन राई, रोमन सुन्दास, छत्रमान राई, तारामान राई, समीक्षा लिम्बू, सूर्य तिवारी, विक्रम सुबेदी, मुहाङ राई, मनिराज राई, अमर राई, चन्द्रबहादुर कार्की, जितबहादुर तिवारी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्