बेलबारी आइडल २ को उपाधि नवीन कोइरालालाई


बेलबारी, २८ चैत । बेलबारी सुर शतक बेलबारी आईड २ को उपाधि बेलबारी ३ का नवीन कोइरालाले हाता पारेका छन् । शनिवार बेलबारी नगरपालिका वार्ड नं १ मा रहेको मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा आयोजित फाइनल प्रतियोगितामा ६ जना फाईनालिष्टलाई पछि पार्दै कोइरालाले उक्त उपाधि जितेका हुन ।

उपाधिसँगै उनले नगद ३० हजार समेत हात पारेका छन् प्रतियोगितामा बेलबारी ११ का रितेष तिम्सिना उपविजेता र बेलबारी ११ कै रबिसन खत्री सहविजेता घोषित भए । उपविजेता र सहविजेताले क्रमशः, नगद १५ हजार र १० हजार हात पारेका छन् ।

विजेताहरूलाई बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेले पुरस्कार तथा पदक वितरण गरेका थिए । पुरस्कार तथा पदक वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुवेदीले कला संस्कृतिको जगेर्नामा नगरपालिका लागिपरेका बताए । उनले चाँडै बेलबारी प्रज्ञाप्रतिष्ठानको गठन हुनेसमेत बताए । गत वर्ष नै सुरु भएको प्रतियोगिता कोरोना भाइरसका कारण रोकिएको थियो ।

फाइनल प्रतियोगिता कोरोनाका कारणले एक वर्ष ढिलो भए पनि अब भने आफूहरू चाँडै तेस्रो बेलबारी आइडलको तयारीमा रहेको प्रतियोगिता आयोजक स्रष्टा समाज बेलबारीका सचिव तथा कार्यक्रम संयोजक जेबी थुलुङले बताए । कोरोना कारणले दर्शकको सहभागिता भने न्यून थियो ।

प्रतिक्रिया दिनुहोस्