सुन्दरहरैंचामा किसानलाई बोयर जातका पाठी वितरण


सुन्दरहरैंचा, १६ बैशाख\बाख्रा पालन गर्दै आएका किसानलाई आत्मनिर्भर बनाएर उनीहरूलाई हौसला प्रदान यर्ने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले किसानलाई बोयर जातका बाख्राका पाठी वितरण गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिका पशुपंक्षी प्रबद्वर्न शाखाको आयोजनामा बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा बोयर जातका बाख्राका पाठी वितरण गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङले संयुक्त रुपमा किसानलाई बोयर जातका पाठा वितरण गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख ढकालले कृषिलाई आत्मनिर्भर बनाउन यस कार्यक्रमले सहयोग पुर्याउने आसा गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउँने योजनामा स्थानीय सरकार लागेको बताए ।

करिव १ सय जनालाई उन्नत जाताका बाख्राका पाठा वितरण गरिने तयारी भए पनि पहिलो चरणमा भने ८० वटा बाख्रा वितरण गरिएको पशुपंक्षी शाखाका प्रमुख जीवन चापागाइँले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्