हङकङ–नेपाल हवाई उडानमा प्रतिबन्ध


काठमाडौँ, १८ वैशाख । नेपालमा कोरोनाको सङ्क्रमण दर तिव्रतर रूपमा फैलिए पछि हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगाएको छ ।

हङकङमा कोरोना सामान्य अवस्थामा भए पनि भारत लगायत नेपालजस्ता राष्ट्रमा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेपछि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायतका देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ । यसअघि पनि नेपालबाट हङकङ जाने यात्रुले ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र र २१ दिने अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो ।

प्रतिक्रिया दिनुहोस्