भारतमा कोरोना भयावह बन्दै : ४ लाख बढी संक्रमित थपिए, ३,४६४ को मृत्यु


नयाँदिल्ली, १८ वैशाख । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमण भयावह बन्दै गएको छ । भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएको छ ।

बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टा ९शुक्रवार राति ११ बजेसम्म० मा थप ४ लाख ८ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टाभित्र भेटिएका संक्रमितको यो संख्या विश्वमै अहिलेसम्मकै बढी हो । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ९१ लाख ६३ हजार ४८८ पुगेको छ भने यसकै कारण मृत्यु भएकाको संख्या २ लाख ११ हजार ७८८ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्