” जनता सँग मेयर ” : गाउँ गाउँमा मेयर आफै पुग्दै


बेलबारी / बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनता सँग मेयर नाम दिएर नै गाउँ गाउँमा जान थालेका छन् । विकास निर्माण देखी नगरवासीको जीवन स्तरको अवस्था वुझन गाउँ गाउँमा जाने गरेको मेयर सुवेदी जनता सँग मेयर नाम नै दिएर उनी बस्तीमा जान थालेका हुन ।

बेलबारी वडा नम्बर ६मा रहको मुसर बस्तीमा पुगेर मेयर सुवेदीले उनीहरूको रहनसहन धर्म संस्कृति आर्थिक अवस्था बुझेका छन् । उक्त बस्तीका अधिकांश घरमा पुगेर नगरपालिकाले तपाइहरूलाई व्यावसायिक बनाउने समेत बताएका छन् । आय आर्जन गर्न सक्ने हामी बनाउँछौ उनले भने तपाइहरू नगर सँग हातेमालो गर्न आइदिनु होस ।

उनले उक्त बस्तीमा गएर विद्यालयमा पठन पाठन गर्न वाट वञ्चित बालबालिकालाई विद्यालय पठाउन समेत निर्देशन दिए । गत वर्ष उक्त बस्तीका २२ जना विद्यार्थीलाई मेयर सुवेदी आफै गएर विद्यालयमा भर्ना गराएका थिए । घर नभएका परिवारका लागि उनले जनता आवास कार्यक्रममा पहिलो चरणमा फुसको छाना हटाएर जस्ता पाता लगाउने उद्घोष गरे । उनले यसै आर्थिक वर्षमा छाना लगाउने समेत बताए । उनले छिटै जनाताआवाश निर्माण गरिदिने समेत बताए । गरिबसँग नगरपालिका कार्यक्रममार्फत दलित, मधेसी, आदिवासी जनजाति, पिछडा,झागर बस्तीका बासिन्दालाई राहत पुर्‍याउने खालको कार्यक्रम ल्याउन लागिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्