खाेर्सानेमा सार्पआई अस्टिकल हाउस सञ्चालनमा


सुन्दरहरैंचा, २० वैशाख । मोरङको सुन्दरहरैंचा १२ स्थित खाेर्सानेमा यूयचर सार्पआई अस्टिकल हाउस सञ्चालनमा आएको छ। उक्त अस्टिकल हाउसको सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजालले विधिवत रूपमा उद्घाटन गरेका थिए ।

सार्पआई अस्टिकल हाउसमा डा. मनोजकुमार शर्मा द्वारा आँखा जाँच गरी चस्माको पावर अनुसारको लेन्स उपलब्ध हुनुका साथै पुर्जा अनुसारको चस्मा तयार गरिने सुविधा रहेको सञ्चालन सरोज श्रेष्ठले बताए । उनले अस्टिकल हाउसमा फेन्सी तथा विदेशी मोडलका चस्मा फ्रेम उपलब्ध गराउनुका साथै बच्चा, लेडिज तथा जेन्स सबै प्रकारका सनग्लास पाइने लगायतका सेवाहरू रहेको जानकारी दिए ।

अस्टिकल हाउसमा ६० वर्ष माथिकालाई आखाँकाे चेकजाँचमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको साथै वैशाख महिना भरि नि:शुल्क जाँच गरिने सुविधा रहेको सञ्चालकको भनाइ रहेको छ । आकर्षक रूपमा सञ्चालनमा आएको अस्टिकल हाउसमा राम्रो लगानी गरिएको सञ्चालकको भनाइ रहेको छ ।

स्थानीय सेवाग्राहीको माग र चाहानालाई पूरा गर्ने सोचका साथमा सर्व सुलभ मूल्यमा समान उपलब्ध गराएर स्वदेशमै स्वास्थ्य सम्बन्धी केही राम्रो काम गर्ने उद्देश्यले अस्टिकल हाउस सञ्चालनमा ल्याएको श्रेष्ठले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्