मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना पोजेटिभ देखिए पछि गाँउ नै त्रसिद


महोत्तरी, २० वैशाख । मलामी गएका महोत्तरीको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरी त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँका कोरोना भाइरस सङ्क्रमणबाट गत बुधबार मृत्यु भएका व्यक्तिको मलामा गएकामा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिए पछि गाँउ नै त्रसिद भएको हो ।


गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकोमा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०–७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । 


यसरी मलामी गएका एकै गाउँका यतिधेरै मानिसलाई कोरोना पोजेटिभ देखिए पछि गाउँभरी नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्