बेलबारी नगरपालिकाले गर्‍यो कृर्षकहरुलाई वोयर बोका वितरण


उत्तम पोखरेल
बेलबारी / बेलबारी नगरपालिकाले कृर्षकहरुलाई वोयर बोका वितरण गरेको छ । परिश्रमी सामाजिक उधमी महिला सहकारी संस्था बेलबारी ७ को सहकार्यमा ११ वटा बोका तथा ४ वटा पाठी वितरण गरेको छ । नगरपालिकाको २ लाख ५० हजार तथा सहकारीको १ लाख ८२ हजारमा उनीहरूलाई बोका तथा पाठी वितरण गरिएको ।

परिश्रमी सामाजिक उधमी महिला सहकारी सस्थाकि अध्यक्ष गङ्गा श्रेष्ठले बताइन । स्थानीय जातका बाख्राहरूको नश्ल सुधार गरी बाख्रा पालन व्यवसायमा संलग्न किसानहरूको आर्थिक स्तर परिवर्तन ल्याउनका निम्ति आयोजना गरिएको बोयर जातको बोका तथा पाठी उपहार कार्यक्रम मार्फत १६ जनालाई दिएको श्रेष्ठले बताइन ।

 

उक्त बाख्राका पाठा पाठी वितरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गर्छौ भन्ने कृर्षकलाई नगरपालिकाले सहयोग गर्ने बताए । उनले भने हामी उद्यमी बन्छौ भनेर आउनु पर्‍यो गरिखान्छौ भन्नेलाई सधैँ साथ र सहयोग मिल्छ । उनले नगरपालिकाले गरिबी न्यूनिकरणका लागि गरिबसँग नगरपालिका कार्यक्रम मार्फत थप वोयर बोका वितरण गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्