गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त


काठमाडौं, २० वैशाख । गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।


सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेश प्रमुख नियुक्त भएका उनीहरू माओवादी केन्द्रमा आवद्ध भएका कारणले पदमुक्त भएका हुन् । 


साथै आजै सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गङ्गाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्