बेलबारीका एक कोरोना संक्रमितको मृत्यु


बेलबारी, २१ वैशाख । मोरङको बेलबारीमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । आज बिहान बेलबारी २ निवासी ६३ वर्ष एक पुरुषको मृत्यु भएको हो ।

बेलबारी स्वास्थ्य शाखाका अनुसार उनलाई कोरोना पोजेटिभ पुष्ट शुक्रवार भएको थियो । उनको स्वाब परीक्षण विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भएको थियो ।

उनमा कोरोना पोजेटिभ पुष्टि भए पछि होस आइसोलेसनमा बस्दै आएका थिए । तर पुष्टि भएको ३ दिन नबित्दै उनको मृत्यु भएको छ ।
बेलबारीमा एक मृत्युसहित कोरोना संक्रमितको संख्या २३ पुगेको छ । संक्रमण देखिने वडाहरूमा १,२,३,४,५,७,९,१० र ११ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्