पूर्वोत्तर मोरङका स्थानीयपालिकाका प्रमुखहरू सामूहिक बैठकमा


कोरोनासँग कसरी लड्ने भन्ने बारेमा छलफल हुँदै

बेलबारी, २१ वैशाख । कोरोनासँग कसरी जुध्ने भन्ने निर्णय गर्न अहिले बेलबारी, सुन्दरहरैँचा लगायतका आठवटा स्थानीयपालिकाहरूको सामूहिक बैठक बसिरहेको छ ।

बेलबारी नगरपालिकामा बसिरहेको बैठकमा बेलबारी, सुन्दरहरैँचा, केराबारी, लेटाङ, कानेपोखरी, पथरिशनिश्चरे, उर्लाबारी र मिक्लाजुङका प्रमुखहरू बैठकमा सहभागी छन् ।

विशेष गरेर कोरोना सङ्क्रमण दर तिव्र देखिएसँगै त्यसबाट क्षति कम गर्न सामूहिक रूपमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्