सुनसरीमा पूर्ण रुपमा निषेधाज्ञा जारी


     

इटहरी, २१ वैशाख । सुनसरी जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएकाे छ ।                           

  जिल्ला प्रशासन कार्यलयले सुनसरीले वैशाख २१ गतेदेखि ३१ गतेसम्म रहने गरि पूर्ण रुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हाे ।

यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा जारी गरेकाे थियाे । तर काेराेनाकाे सङ्क्रमण भयावह हुने देखेपछि पूर्ण रुपमा निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे । यसअघि लागू भएकाे जोरबिजोर प्रणालीसमेत हटाइएको छ ।                                      

अत्यावश्यक बाहेक हिँडडुलमा पूर्ण रुपमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्