पूर्वोत्तर मोरङका स्थानीय पालिकाका प्रमुखहरूको अन्तरपालिकास्तरीय बैठक सम्पन्न


कोरोना महामारीलाई परास्त गर्न सबै एक भएर अघि बढ्ने निर्णय

बेलबारी, २१ वैशाख । कोरोनासँग कसरी जुध्ने भन्ने निर्णय गर्न बसेको बेलबारी, सुन्दरहरैँचा लगायतका स्थानीय पालिकाहरूका प्रमुखहरूको अन्तरपालिकास्तरीय बैठक सम्पन्न भएको छ । 


बेलबारी नगरपालिकामा बसेको उक्त बैठकले कोरोना महामारीलाई परास्त गर्न सबै एक भएर अघि बढ्ने निर्णय गरेको छ । तर लकडाउनको सामूहिक निर्णय आउने आसा गरिए पनि बैठकले पालिकाले आफ्नो अनुकूल हेरेर निर्णय गर्ने निर्णय भएको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिएका छन् ।  ।  


बैठकमा बेलबारी, सुन्दरहरैँचा, केराबारी, लेटाङ, कानेपोखरी, पथरिशनिश्चरे, उर्लाबारी र मिक्लाजुङका प्रमुखहरू बैठक भनिए पनि उर्लाबारीका प्रमुख भने बैठकमा अनुपस्थित रहेका थिए । 


कोरोना कुनै एउटा स्थानीय पालिकाको मात्र नभएर साझा समस्या भएकोले त्यससँग लड्न पनि सामूहिक अठोट र प्रतिबद्धता चाहिने भएकोले विशेष गरेर पूर्वोत्तर मोरङका स्थानीय पालिकाहरूका प्रमुखहरूको बैठक बसिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्